समाचार

कैलालीमा अनुहार नचिनिने बालकको शव भेटियो


काठमाडौँ — कैलालीको गोदावरीमा बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी ७ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ९कैलाली० का अनुसार शव अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।