Breaking

देशको अर्थतन्त्र कमजोर, ८४ करोडको हतियार किन्दै सरकार


काठमाडौँ — सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ ।

मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो ।

प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छु, स्रोतले भन्यो, ‘१ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा ८४ करोडको हतियार ल्याउने योजना छ ।

दोस्रो चरणमा हतियार किन्न ५१ करोड छुट्याइएको छ ।’ प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नौ एमएमको पेस्तोल र सटगन खरिद गर्ने तयारी छ । ‘यी हतियार खरिदको विषय सिन्डिकेटमार्फत आएको हो ।

जसले हतियार ल्याउने हो, उसैले अर्थ मन्त्रालयबाट बजेट छुट्याएको देखिन्छ । एकै व्यक्तिले यस्तो काम गरिरहेको बुझिन्छु, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । आजको नागरिक दैनिकमा समाचार छ ।