Breaking

बुढीगंगामा १,७११ मत मात्र गन्न बाँकी, एमाले अझै अगाडि


काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा कांग्रेसले एमालेसँगको अग्रता घटाएको छ ।

पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब १,७११ मत गन्न बाँकी छ ।