Breaking

प्रदर्शनकारीले श्रीलंकन प्रधानमन्त्रीको घरमा आगो लगाए (भिडियोसहित)


काठमाडौँ गम्भीर आर्थिक संकटको भूमरीमा परेको श्रीलंकामा सर्वसाधारणको आक्रोश विस्फोट भएको छ ।

करिब ६ महिनादेखि गम्भीर आर्थिक संकट झेलिरहेको श्रीलंकामा शनिबार दिउँसो प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका थिए ।

शनिबार दिउँसो राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले त्यहाँ प्रधानमन्त्री रणिल विक्रमासिंगेको निवासमा शनिबार राति आगजनी गरेका छन् । प्रदर्शनकारीले गरेको आगजनीको भिडिओ केही बेरअघि सामाजिक सञ्जालमा आएसँगै भाइरल भएका छन् ।

शनिबार दिउँसो मात्रै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गर्नुअघि नै राष्ट्रपति गोटबया राजापाक्ष भागिसकेका छन् ।

ुप्रदर्शनकारीले सुरक्षाकर्मीको घेराबन्दी तोड्दै प्रधानमन्त्री विक्रमासिंगेको निवास कब्जा गरेर आगजनी गरेका छन्ु, त्यहाँको प्रधानमन्त्रीको कार्यालयले भनेको छ ।

त्यसैगरी प्रदर्शनकारीले प्रधानमन्त्री विक्रमासिंगेले प्रयोग गर्दै आएका सरकारी तथा निजी गाडीमा पनि तोडफोड र आगजनी गरेका छन् ।