काठमाडौँ —नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसँगको एकताको च्याप्टर नखुलेको बताएका छन् । एमालेसँग एकताको च्याप्टर बन्द भएको हो भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमालेसँग एकताको च्याप्टर नखुलेको अवस्थामा बन्द भन्ने प्रश्न नै उठाउन नपर्ने बताए । जब एमालेसँग एकताको च्याप्टर खुलेकै छैन भने बन्द कसरी भयो भन्ने बरू पार्टीमा हामीले जसरी जुन कारणले विद्रोह गरेका थियौं त्यसको औचित्य पुष्टि भएको छु बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले भने ।
नेता नेपालले राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु नहुने भएकोले संविधानको रक्षा र प्रतिगमनविरूद्ध पाँच दलीय गठबन्धन गरिएको स्मरण गरे । नेता नेपालले अहिलेको मुख्य शत्रु नोकरशाही पुँजीवाद भएकोले त्यसविरूद्ध एक हुनुपर्ने बताए । नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गरेर प्रचण्ड अध्यक्ष र माधव नेपाल प्रधानमन्त्री बनाउने भन्ने समाचारमा सत्यता नभएको बताए । कम्युनिष्ट पार्टीले नै राष्ट्रको निकास दिन सक्छ भनेर कम्युनिष्ट पार्टीहरूमा एकताको सम्भावनाबारे छलफल गरिरहेको भए पनि आफूले पद र प्रतिष्ठाको लागिमात्र पार्टी एकता नगर्ने दाबी गरे ।
‘माधव नेपाललाई प्रधानमन्त्री चाहिएर पार्टी एकीकरण गर्न पर्दैन, म पदको पछाडि लाग्ने, पदका लागि हिरिक(हिरिक हुने मान्छे होइन उनले भने । नेपालले पछिल्लो समय तत्कालीन नेकपालाई व्युँताउन सकिन्छ कि भनेर छलफल भने भइरहेको बताए । नेपालको राजनीतिक परिवर्तनमा बामपन्थी शक्तिको ठूलो हात रहेको छ, त्यसैले ती शक्तिलाई छिन्नभिन्न हुन नदिन केही गर्न सकिन्छ कि भन्ने छलफल भएको छ त्यो निरन्तर चलिरहन्छ’, उनले भने ।
बामपन्थी एक हुन खोज्दा कांग्रेस तर्सिने अवस्था रहेको बताउँदै उनले त्यो हुनु आवश्यक नभएको बताए । नेपालले आफूहरूको भूमिका र सहयोगले नै कांग्रेसले सरकार बनाउन सम्भव भएको बताउँदै त्यो कुरालाई कांग्रेसले ध्यान दिनु जरूरी रहेको बताए । नेपालले स्थानीय तहको निर्वाचनमा तल्लो तहसम्म गठबन्धन हुन नसक्दा आफूहरूलाई धेरै लाभ नभए पनि पाँच दलीय गठबन्धन मिलेर जानुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए ।


प्रतिक्रिया