काठमाडौँ – राजसंस्था अन्त्यको डेढ दशकपछि एमाले अध्यक्ष ओलीले राजाको सम्बोधन आफुले तयार पार्ने गरेको दाबी सार्वजनिक गरेका छन् । र आफुले तयार पारेको सम्बोधनकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको ओलीको दाबी छ । यस्तै दाबी विगतमा अन्य नेताहरुले समेत गर्दै आएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एक दाबी सार्वजनिक गर्दै भने –ज्ञानेन्द्र शाहले सम्बोधन गरेको वक्तव्य मैले नै ड्राफ्ट गरेको हुँ ।अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ साल बैशाख ११ गते सम्बोधन गरेको वक्तव्य एमाले अध्यक्ष ओलीले तयार पारेका हुन् ।
तत्कालीन समयमा राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको ओलीको भनाइ छ । ओलीकै शब्दमा भन्दा त्यो सम्बोधन एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर ड्राफ्ट गरिएको थियो ।
जुन सम्बोधन पत्र पढेपछि संसद् पुनःस्थापना भएको रजनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको ओलीको दाबी छ । र यसमा कुनै जनयुद्धको भूमिका नभएको भन्दै ओलीले माओवादीमाथि कटाक्षसमेत गरेका छन् ।


प्रतिक्रिया