समाचार

पहिरोले पृथ्वी राजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध


काठमाडौँ – पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा पहिरो खस्दा जामुने-खैरेनी सडक अवरुद्ध भएको छ ।

शुक्रबार रातिदेखि परेको वर्षाले शनिवार बिहान पहिरो खसेपछिसडक अवरुद्ध भएको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको बताए ।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले जानकारी दिए ।