समाचार

यमबुद्धको सालिक बनाउन महानगरले छुट्यायो बजेट


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले स्वर्गीय र्‍याप गायक अनिल अधिकारी उर्फ यमबुद्धको सालिक निर्माण गर्ने भएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्ने गरी बजेट विनियोजन गरेको हो ।

महानगरपालिका स्रोतका अनुसार करिब १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन भएको छ । महानगरका मेयर बालेन साहको सचिवालयका अनुसार ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको हो ।

मेयर बालेका स्वकीय सचिव भुपदेव शाह र्‍यापर यमबुद्धले ‘नेपहप’लाई विश्वमाझ परिरिचत गराएर दिएको योगदानको कदर गर्दै यस्तो निर्णय गरिएको बताउँछन् ।

यमबुद्धको सालिक कहाँ स्थापना गर्ने भन्ने तय भने भइनसकेको बताए । तर, यमबुद्धलाई नेपाली श्रोताले सम्झिरहने गरी सालिक स्थापना हुने साहले बताए ।