Breaking

ओली र पूर्वराजाको साठगाँठ, ज्ञानेन्द्रको सम्बोधन ओलीले लेख्थे, गणतन्त्र विरोधीको आरोप सत्य हो ?


काठमाडौँ — राजसंस्था अन्त्यको डेढ दशकपछि एमाले अध्यक्ष ओलीले राजाको सम्बोधन आफुले तयार पार्ने गरेको दाबी सार्वजनिक गरेका छन् ।र आफुले तयार पारेको सम्बोधनकै कारण मुलुकमा गणतन्त्र स्थापना भएको ओलीको दाबी छ । यस्तै दाबी विगतमा अन्य नेताहरुले समेत गर्दै आएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एक दाबी सार्वजनिक गर्दै भने –ज्ञानेन्द्र शाहले सम्बोधन गरेको वक्तव्य मैले नै ड्राफ्ट गरेको हुँ ।अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ साल बैशाख ११ गते सम्बोधन गरेको वक्तव्य एमाले अध्यक्ष ओलीले तयार पारेका हुन् ।

तत्कालीन समयमा राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको ओलीको भनाइ छ । ओलीकै शब्दमा भन्दा त्यो सम्बोधन एमालेको पार्टी कार्यालय वल्खुमा रुद्राक्षको बोटमुनि बसेर ड्राफ्ट गरिएको थियो । जुन सम्बोधन पत्र पढेपछि संसद् पुनःस्थापना भएको रजनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको ओलीको दाबी छ । र यसमा कुनै जनयुद्धको भूमिका नभएको भन्दै ओलीले माओवादीमाथि कटाक्षसमेत गरेका छन् ।

२०६३ बैशाख ११ गते आफ्नै शाही घोषणाबाट ज्ञानेन्द्र शाह सत्ताच्यूत मात्रै भएनन्, गद्दीच्यूतभएर नागर्जुन हानिएका थिए ।त्यसअघि नै आन्दोलनरत ७ दलीय गठबन्धन र नेकपा माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति पनि भयो । उक्त सहमति पश्चात माओवादी हिंसात्मक आन्दोलन छोडेर सात दलसँगै शान्तिपूर्ण आन्दोलनमा उत्रियो । २०६२ चैत २४ देखि २०६३ वैशाख ११ गतेसम्म भएको १९ दिने जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना भएको थियो । त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै सुम्पेको’ घोषणा गरे तर त्यसले पनि आन्दोलन रोकिएन ।

आन्दोलन झन हिंसात्मक बन्दै गएपछि २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनः स्थापनाको घोषणा गर्दै २०६३ वैशाख १५ गते शुक्रवार दिनको १ बजे बैठक आह्वान गरेका थिए ।यसरी पुनःस्थापित प्रतिनिधिसभाले अन्तरिम संविधान घोषणा ग¥यो । जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो । २०६५ साल जेठ १५ मा बसेको संविधान सभाको पहिलो बैठकले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा ग¥यो ।

यो घोषणासँगै नेपालबाट २५० वर्षे राजतन्त्र अन्त्य भयो भने राजा ज्ञानेन्द्र पूर्वराजामा परिणत भएका थिए ।अहिले ओलीले राजाको त्यही निर्णायक सम्बोधन आफुले तयार पारेको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको बताएपछि सर्वत्र चासो र चर्चा भएको हो । तर माओवादी जनयुद्धलाई औचित्यहिन भन्ने गरि आएको भनाइमा नेताहरुले खण्डन गरेका छन् ।

तर ओलीकै जस्तो दाबी काँग्रेस नेता कृष्णप्रसाद सिटौलासमेत गर्दै आएका छन् ।सत्ता त्याग्न तयार नभएका बेला राजनीतिक दलर आफ्नो पत्रको करामतका कारण राजा राजी भएको दाबी विगतदेखि नै सिटौलाको छ । त्यसमा ओलीको थप नयाँ खुलासा सार्वजनिक भएको हो । यसैपनि उनी पछिल्लो समय माओवादी र काँग्रेससँग आक्रोशित बन्दै आएका छन् । तर गणतन्त्र स्थापनालाई ‘बयलगाडा चढेर अमेरिका जानू’ भनेका ओलीको भनाइ आज पनि उत्तिकै विवादित र आलोचित छ ।यसैकारण विपक्षीहरुले आजपनि ओलीमाथि गणतन्त्र विरोधी र गैरकम्युनिष्ट र राजावादीको आरोप लगाउँदै आएका छन् ।