Breaking

पछाडीबाट हानियो गोली, यसरी ढलेका थिए आबे,पूर्व नौसेनाले किन गरे शिन्जो आबेको हत्या ? किन भागेनन् ?


काठमाडौँ — प्छिल्लो समय नेपाललगायत विश्वकै गन्तव्य देश बनेको जापानमा अशान्ति छाएको छ । शान्त र मेहनती राष्ट्रको छवी बनाएको देशमा दिन दाहाडै देशकै पूर्वप्रधानमन्त्रीको गोली हानी हत्या गरिएको छ ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई शुक्रबार देशको पश्चिमी भाग नारा शहरमा गोली हानी हत्यागरिएको छ । चुनावी सभाको क्रममा सडकमा भाषण गरिरहेकोबेला आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको हो ।६७ वर्षीय आबेचुनावी अभियानका क्रममा नारा पुगेका थिए ।

आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका अवस्थामा पछाडीबाट उनीमाथि दुई गोली प्रहार भएको थियो । दोस्रो गोली लागेपछि आबे छातीमा समाउँदै भुईमा ढलेका थिए । सर्टबाट रगतको धारा देखिएको उनलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको थियो । छातीमा र गर्दनमा गोली लागेको उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
आबेलाई गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले तत्काल पक्राउ गरेको छ ।

नाराकै बासिन्दा उनले गोली हान्नुको कारण भने खुलाएका छैनन् । यामागामी पत्रकारको भेषमा सभामा प्रवेश गरेको र क्यामेरामा गन लुकाएर राखेको खुल्न आएको छ । साथै उनी जापानी नौसेनाका पूर्वसैनिक भएको पनि बताइएको छ । हत्या भएको व्यक्ति कुनै सामान्य मानिस मात्र होइन । विश्व अर्थतन्त्रको ठूलो हिस्सा बोकेको विकसित देशको पूर्व प्रधानमन्त्री र हालको प्रभावशाली नेत थिए ।

यसरी दिन दाहाडै हजारौं मानिसको उपस्थितिमा देशको प्रभावशाली व्यक्तिमाथि सार्वजनिक स्थलमा नै गोली प्रहार भएको घटनाले सारा विश्वको होस उडाएको छ । जापानलाई संसारकै सुरक्षित देश बनाएका उनी आफैंभने असुरक्षित रहे।यसले विश्वमा नै जापानमा सुरक्षाको विषयलाई लिएर प्रश्न चिह्न भने खडा भएको छ । जापानमा देशका प्रमुख व्यक्तिलाई गोली हानी हत्या गरिएको यो नै पहिलो घटना भने होइन । सन् १९३२ मा पनि जापानी प्रधानमन्त्री इनुकाई सुयोशीको गोली हानी हत्या भएको थियो। त्यति खेर पनि नौसेनाकै अधिकारीले उनको हत्या गरेका थिए ।


आबेले २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीमा उनी अझै धेरै प्रभावशाली मानिन्थे । सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भएका उनी सन् २००६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर एक वर्षभित्रै राजीनामा दिएका उनले २०२० मा पनि अस्वस्थताका कारण प्रधानमन्त्री पद त्यागेका थिए।राजनीतिक परिवारको पृष्ठभूमिबाट आएका आबेले जापानको साइकेई युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा स्नातक गरेका थिए । उनले बाँकी पढाई भने अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीबाट सकेका थिए ।


आबेले लगातार आफ्नो ८ वर्षे कार्यकालमा जापानको अर्थतन्त्रलाई नयाँ छलांगमा पुर्याएका थिए । जापानको अर्थ व्यवस्थापनमा उनले ल्याएको नीतिलाई आबेनोमिक्स शब्दले नै परिभाषित गरेको छ । देशमा जनतालाई कुनै किसिमको विपत्ति आउँदा तत्काल पिडीतलाइ भेट्न प्रत्यक्ष जाने कारण उनी धेरैको प्यारा थिए । पदमा रहँदा कहिले पनि विवादमा नपरेका उनको निधनले विश्वजगत्अहिल मर्माहतबनेको छ ।