Breaking

सिन्जो आबे नेपालका असल मित्र थिए: देउवा


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा गहिरो दु ख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै देउवाले आबे विश्वभर चिनिएका नेता मात्रै नभई नेपालका असल मित्र भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले दुस्खको यो क्षणमा जापानी जनता र आबेको परिवारप्रति नेपालीको साथ रहेको उल्लेख गरेका छन् । उनले दिंवगत आबेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आबेको निधनमा दुस्ख व्यक्त गरेका छन् ।

आबेमाथिको आक्रमण पासविक भएको उल्लेख गर्दै ओलीले त्यसको भर्त्सना गरेका छन् । आबे नेपालका मित्र थिए र प्रधानमन्त्री हुँदा नेपाल-जापान सम्बन्धलाई मजबुद् बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए,’ ओलीले ट्विटरमा लेखेका छन्,‘दुस्खको यो घडीमा म शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु ।’