काठमाडौँ — बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि हिजो भएको मतदानको गणना सुरू भएको छ । बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो ।
बुढिगंगा १०को ४०० मत गन्दा को ताजा मत परिणाम।
एमाले
मेयर: २१८
उपमेयर: २१२
अध्यक्ष: १९९
नेपाली कांग्रेस
मेयर: १५८
उपमेयर: १६७
अध्यक्ष: १७६
बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको मिति तोकेको थियो ।
हिजो सम्पन्न निर्वाचनमा ६६।८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् । अहिले वडा नम्बर १० बाट गणना सुरू गरिएको छ ।


प्रतिक्रिया