Breaking

बुढीगंगामा मतगणना सुरु हुँदै


काठमाडौँ — बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदैछ ।

मतगणना सुरु गर्नका लागि अहिले सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।
वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा हिजो पुनः मतदान गरिएको हो । पुनः मतदानमा कुल ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ ।

वैशाख ३० गतेको मतदानमा ७५ दशमलव ७८ प्रतिशत मत खसेको थियो । १३ हजार ६५९ कुल मतदाता रहेको बुढीगंगामा ९ हजार ११७ मत खसेको छ ।

बुढीगंगाको प्रमुखमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँबीच प्रतिस्पर्धा छ ।