Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने


काठमाडौँ – बागमती प्रदेशसभाको आगामी बैठक यही असार २९ गते बस्ने भएको छ ।

बजेट अधिवेशनका रूपमा रहेको दशौँ अधिवेशनको अन्तिम बैठक चालु आर्थिक वर्ष २०७९/०८० को पनि अन्तिम बैठक हुनेछ ।

प्रदेशसभा सचिवालयका अनुसार चालु दशौँ अधिवेशनको २५ औँ बैठक आगामी असार २९ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको थियो ।

गत जेठ १३ गतेदेखि सुरु भएको दशौँ अधिवेशन अन्तर्गत असार १ गते प्रदेश सरकारले आव २०७९र०८० का लागि बजेट प्रस्तुत गरेको थियो ।

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकमाथिको छलफल असार १३ र १४ गते सकेको प्रदेशसभाले असार १६ गते विनियोजन विधेयक पारित गरेको थियो ।