Breaking

साझाको विद्युतीय बस सञ्चालनमा,चालक र सहचालक दुवै महिला


काठमाडौँ — देशमा उर्जा संकट चरम अवस्थामा छ । उर्जा संकटलाई कम गर्न सरकारले विभिन्न योजना अघि सारिरहेको छ । यही समस्यालाई न्यूनीकरण गर्न साझा यातायातले विद्युत्बाट चल्ने बस सञ्चानमा ल्याएको छ । साझा यातायातले बिहीबार देखि तीन वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । देशमा भइरहेको उर्जा संकटलाई कम गर्न साझा यातायातका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले विद्युतिय बस लन्चगरेका हुन् ।

देशको अर्थतन्त्रमा सुधार गर्न होस् वा वातावरण स्वच्छ राख्न, डिजेल गाडीको तुलनामा विद्युतीय सवारी साधन रामवाण नै हो । पेट्रोलियम पदार्थको नाममा वर्षेनी खर्वाै रुपैयाँ बाहिरिरहँदा विश्वकै प्रदूषण शहरको शीर्ष ५ मा नेपालको राजधानी काठमाडौं नै पर्ने बेला बेलामा पर्ने गरेको छ । यस्तो अवस्थामा साझाले विद्युतीय बस सञ्चलानमा ल्याएसँगै यस्ता समस्या केही हदसम्म समाधान हुने देखिन्छ । सडकमा हुने सवारीसाधनको चापलाई कम गर्न र देशमै उत्पादन भएको विद्युत्लाई खपत गर्न पनि विद्युतीय बसको सञ्चालन आवश्यक हुने जानकार पनि बताउँछन् ।

चालक र सहचालकमा महिलालाई राखेर सञ्चालनमा ल्याइएको तीन वटा बसले दुई रुटमा इजाजत पाएको छ । नयाँ बसपार्क, बालाजु, ठमेल, रत्नपार्क सिंहदरबार, बानेश्वर मीनभवन हुँदै एयरपोर्टसम्म २ वटा बसले सेवा प्रदान गरेको छ भने लगनखेल, लैनचौर, बाँसबारी हुँदै बुढानीलकण्ठसम्म १ वटा बस सञ्चालनमा छ ।
हाल चार जना महिला चालक र १० जना सहचालक छन् ।

विद्युतिय बस ४० वटा ल्याउने भने पनि हाल ३ वटा मात्रै बस आएको छ । यी बसमा हाललाई भाडा दर भने सरकारले निर्धारण गरे अनुसार नै रहेको र पछि पुनरावलोकन गरेर पनि निर्धारण गर्न सकिने छ । यातायात कम्पनीहरुको निकै प्रतिष्पर्धा भएको काठमाडौँ उपत्यकामा साझाले सञ्चालन गरेको विद्युतीय बस र अन्य डिजेल गाडीमा सवार गर्दा यात्रुले के फरक अनुभव गर्न पाउँछन् त?

बस चार्जका लागि ३५ स्थानमा ५१ वटा चार्जर स्टेसन पनि राखिएको छ । व्याट्रीबाट चल्ने बस भएको हुँदा आम यात्रुमा एक किसिमको आशंका पनि रहेको पाइन्छ छ । व्याट्री पड्किने, महंगो पर्ने जस्ता गुनासो सुनिरहँदा त्यस्तो केही पनि नहुने र चार देखि साढे चार घण्टामा फुल चार्ज हुँदा आरामले यात्रा गर्न सकिने बस सप्लायर्सको दावी छ ।

विद्युतीय उर्जालाई प्राथमिकता दिनु पर्नेमा कुनै पनि दुई मत छैन । नीजि चार पांग्रे र दुई पांग्रे भित्रिनै रहेको छ । यद्यपि यस्ता सार्वजनिक विद्युतीय सवारी बारम्बार आउने र पछि त्यसै सेलाउने गरेको विगत पनि हामीसँग नै छ । साझाले नै यसअघि पनि विद्युतीय गाडी सञ्चालनमा ल्याउने उद्घोष गरेको थियो तर, पछि त्यसै सेलायो । यस्तो इतिहास रहेकोमा अब दीगो रुपमा नै सञ्चालन गर्नु पर्ने आवश्यक छ ।