Breaking

गठबन्धनभित्र गम्भीर ढंगले छलफल भएको छ: प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र गम्भीर ढंगले छलफल भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘हामीले एउटाको पक्ष लिएका छैनौ ।

चीनले खुलेआम र भारतले पनि पक्षधरता लिएको छ । सरकारले पनि एउटा पक्ष लियो तर यो मत हामीले गठबन्धनभित्र राखेका छौँ ।’ अध्यक्ष प्रचण्डले यो विषयमा आउने दिनमा यस्ता कुनै निर्णय नगरियोस् भनेर खबरदारी गरिएको बताए ।

उनले नेपालले स्वतन्त्र असंलग्न परराष्ट्र नीति अगाल्नुपर्नेमा जोड दिए । उनले भने, ‘वार्ता र कूटनीतिक माध्यमबाट समस्याको समाधान गरियोस् भनेर भन्नुपर्छ ।’