Breaking

भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित


काठमाडौँ — भारतमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९३० नयाँ संक्रमित थपिएका हुन् । उक्त अवधिमा संक्रमणको कारण ३५ जनाको मृत्यु भएको छ । यद्यपि यसमा केरलामा यसअघि नै मृत्यु हुने १७ जनाको विवरण पनि समावेश छ ।

पछिल्लो केही समययता भारतमा कोभिड-१९ का नयाँ संक्रमित थपिन थालेका छन् । पछिल्लो २४ घण्टामा केरलामा सबैभन्दा धेरै ४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै तामिलनाडु र पश्चिम बंगालमा दुई हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। कर्नाटकमा नयाँ संक्रमितको संख्या एक हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख १९ हजारभन्दा धेरै पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार २४५ ले थपिएका छन् ।