काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवा असारको दोस्रो साता अमेरिका भ्रमणमा जाने तयारी थियो । तर एकाएक विवादमा आएको स्टेट पार्टनर सिप प्रोग्राम एसपीपीबाट नेपालपछि हटेपछि देउवाको अमेरिका यात्राअनिश्चि बनेको छ ।
नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष,नेपालले अमेरिकी अनुदान एमसीसी संसदबाट पारित जस्ता विषयले पछिल्लो समय अमेरिकाले नेपाललाई उच्च प्राथमिकतामा राख्न थालेको थियो । एमसीसी पारित भएपछि बाक्लिएको अमेरिकी उच्चस्तरीय भ्रमण र राष्ट्रपति जो वाइडन बाटै देउवालाई दिएको अमेरिका भ्रमणको निम्तो यसको उदाहरण मान्न सकिन्छ ।
यसअघि २०५९ सालमाअमेरिकी राष्ट्रपतिकै निम्तोमा देउवालेनै प्रधानमन्त्रीका रूपमाऔपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट अमेरिकामाउच्चस्तरको भ्रमणहुन सकेको छैन । त्यसैले देउवाको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । अनौपचारिक रुपमादुवै मुलुक भ्रमणको तयारीमा जुटेका थिए । तर अमेरिकी सेनाकाएसिया–प्रशान्त क्षेत्र प्रमुखचार्ल्स ए फ्लिनको नेपाल भ्रमण लगत्तै बाहिरिएको अमेरिकी शैन्य सहयोग स्टेट पार्टनर सिप प्रोग्राम एसपीपी सतहमा आयो । नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य सम्बन्ध विस्तारका लागि (एसपीपी) मा नेपाल सम्झौता गर्न सहमत भएको अवस्थामा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने विश्लेषण थियो ।


प्रतिक्रिया