Breaking

चेकिङमा ट्राफिक प्रहरीको कडाइ, एकै दिन २३ सय कारबाहीमा (भिडियोसहित)


काठमाडौँ – उपत्यकामादैनिकदुई हजार भन्दा बढि सवारी चालकट्राफिक उल्लघंन गरेका कारण कारवाहिमा पर्ने गरेका छन । कतिपयचालकहरु भने राजस्व संकलनकै लागिविना कसुर ट्रफिकले कारवाही गरेको आरोप लगाउने गरेका छन् ।

हाल उपत्यकामा हरेकदिन झन्डै दुई हजार सवारी साधन कारवाहिमा पर्ने गरेका छन । मंगलबार मात्र २ हजार ३८१ जना चालकहरूलाई कारबाहीमा परे । जसमा फुटपाथमा पार्किङ गर्ने १२३ जना, लेन उल्लङ्घन गर्ने १३६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७७जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

यो तथ्याङ्क हेर्दा सडकमा ट्राफिक प्रहरीको चेकजाँचकतितिव्र छ सहजै अनुमान लगाउन सकिन्छ । उपत्यकामा मात्र यत्ति धेरै ट्राफिक उल्लघंनको घटना अपत्तयारिलो लाग्छ । यता सवारी चालकहरु भने आफूहरुको गल्ती नभए पनि ट्राफिक प्रहरील जथाभावी कारवाहि गर्ने गरेको गुनासो गर्दछन् ।

ट्राफिक नियम उल्लंघन गर्नेको संख्या बढ्दो छ । जसकारण राजस्व संकलनपनि बढिरहेको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र झन्डै ४६ हजार बढीले ट्राफिक नियम उल्लघंनको कारवाहिमा परेका छन । उपत्यकामा गतआर्थिक वर्षमा करिव ३ लाख ३१ हजार सवारी साधन कारवाहिमा परेको तथ्याङ्क छ । तथ्याङ्कका आधारमा ट्राफिक नियमको उल्लंघन बढ्दो छ । चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयले ३० करोड,२२ लाख २४ हजार राजस्व संकलन गरेका छ । यत्ति धेरै कारवाहिआर्थिक वर्षको अन्त्यमामात्र हुन्छ ? पछिल्लो समय बाक्लिएको ट्राफिक चेकजाँचलाई कसरी बुझ्ने । सवारी चालकको गुनासो सत्य हो त ?

पैदलयात्री,सवारी चालक र सवारीसाधनको सुरक्षाकालागि सडकमा ट्राफिक नियमलागू हुन्छ । ट्राफिक नियमको पालनागर्नु नागरिकको कर्तव्य हो भने प्रभावकारी कार्यन्वयन भएनभएको अनुगमन गर्नु ट्राफिक प्रहरीको दायित्वहो । आ–आफ्नो जिम्मेवारी पुरा गरे सुरक्षित सडक सम्भव छ ।