काटमाडौँ — बजेटको सन्दर्भमा चौधरी ग्रुपलाइइ जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति चौधरी ग्रुपको ध्यानाकर्षण भएको छ । निर्वाण चौधरीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै ध्यानाकर्षण गराएको हो ।
बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ ।
साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ ।


प्रतिक्रिया