Breaking

रामेछाप बस दुर्घटनाले मर्माहत बनायो : अध्यक्ष प्रचण्ड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस सुनापती गाउँपालिकास्थित पीपलडाँडामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।