काठमाडौँ — अन्य दलले आगामी निर्वाचन केन्द्रीत गतिविधि सुरु गर्दा कांग्रेस भने सुस्त देखिएको छ । आफैले आह्वान गरेको वैठकमा समेत उपस्थित नहुने सभापतीका कारण गुटगत गतिविधि बढको छ भने पार्टीको हालत लथालिङ बनेको हो । यहि अवस्था र कार्य शैली सुधार गर्न देउवालाई दवाव दिने गरी अर्को गुट आफ्नो गतिविधि बढाँउदा पनि देउवा आफ्नै पारामा मस्त देखिएका छन ।
स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस आन्तरिक रुपमा भने लथालिङ्गको अवस्थामा छ । पार्टी विधान कार्यान्वयनमा सधैं कमजोर देखिँदै आएको कांग्रेसले न त भातृ संगठनहरुलाई सुधार गर्न सकेको छ, नत सरकार नै चुस्तदुरुस्त रुपमा चलाएको छ । संसदीय निर्वाचन नजिकिदै जाँदा पार्टीमा केवल स्थानीय तहमा जितेको हौसला बाहेक केहि पनि बाँकि नरहने स्थिती देखिएको छ ।
अर्कातर्फ गठबन्धनभित्रकै कम्युनिष्ट घटकहरुले वाम गठबन्धन र पार्टी एकताको प्रयास मात्र थालेका छैनन् समिक्षा बैठक समेत सम्पन्न गरेका छन । उनीहरुले आफ्ना जनप्रनिधिलाई प्रशिक्षण दिने देखि केन्द्रीय समिति बैठक समेत गरिसक्दा प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा भने गठबन्धन भन्दा बाहिर जान सकेका छैनन् ।
देउवाको यहि लठिभद्र व्यवहारका कारण नेता डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवा विधान विपरीत चलेको र आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।छुट्टै भेला नै आयोजना गरेको कोइराला पक्षले देउवा एकलौटी ढंगले विधान मिच्दै अघि बढेको भन्दै प्रतिवाद गर्न नेताहरुलाई आग्रह गरेका छन् ।
सरकार पनि एकलौटी चलेको र देउवाकै कारण पार्टीको छवि जनतामा धुमिल रहेको पनि उनीहरुले आरोप लगाँउदै आएका छन । पार्टीमा सत्ता प्राप्तिको चिन्तन मात्रै देखिएको भन्दै विधानलाई पूर्ण बेवास्ता गरिएको विषयलाई उठाउनुपर्ने नेताहरुले बताएका थिए ।स्थानीय निर्वाचनको परिणाम, सत्तारुढ गठबन्धनमा देखिएका समस्या, समग्र राजनीतिमा गठबन्धनले पार्ने प्रभावका विषयमा केन्द्रीत छलफलमा देउवा एकलौटी ढंगबाट अघि बढे प्रतिवाद गर्नेसम्मको चेतावनी समेत दिईएको थियो ।
कोईराला पक्षले त देउवा पार्टीको नभई गठबन्धनको सभापतीजस्तो भएको समेत आरोप लगाएका थिए । हुन पनि विधानको धारा ६० मा प्रष्ट लेखिएको पार्टीको सबै तहमा विभाग÷समिति÷विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने प्रावधान समेत देउवाले कार्यान्वयन गरेका छैनन् ।
महाधिवेशन भएको ६ महिना पूरा हुँदा केन्द्रीय समितिलाई पनि पूर्णता दिन नसकेका देउवाले पार्टी उपसभापतिको नेतृत्वमा रहने प्रशिक्षण प्रतिष्ठानसहितका झन्डै चार दर्जन विभाग गठनको गृहकार्यसमेत सुरु गरेका छैनन् । अध्यक्षमात्र छानेर स्थानीय तहको निर्वाचन लगत्तै अधिवेशन गराउने जिम्मा दिईएको नेपाल विद्यार्थी संघमा बाँकि पदाधिकारी समेत छानिएका छैनन् ।
वाँकि पदाधिकारी परिपूर्ती गरिदिन अध्यक्ष दुजाङ शेर्षा देउवालाई भेट्न धाईरहँदा निर्वाचनमा उम्मेदवार छनोटका लागि गठन गर्नुपर्ने संसदीय समिति समेत गठन भएको छैन। कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा सरकार छ । तरआफूनिकटलाई नेतृत्वमा पु¥याउने संस्थापन र इतर पक्षका नेताहरूको हानाथापले भातृसंगठनहरको वेहाल छ ।
पार्टीप्रति देउवाको वेवास्ता यस्तो छ कि आफैले बोलाएको पदाधिकारी वैठकमा समेत उनी अनुपस्थित रहेका छन ।आफ्ना निकटका नेताहरुलाई पार्टीको जिम्मा नै लगाएर मस्त रहेका उनले पार्टीमा समस्या भएको भने स्वीकारेका छन ।
पार्टीमा देखिने यस्ता गतिविधिलाई सामान्य ठानेका उनी कसरी आगामी सत्तारोहण गर्ने सोचभन्दा माथि उठ्न सकेका छैनन् । जसले उनलाई पुन एक पटक अक्षमताको ट्याग लागेको छ । जसबाट माथि उठ्ने प्रयत्न समेत नगरेका उनी गठबन्धनको तारतम्य मिलाउन र ज्योतिषीले दिएको प्रधानमन्त्री हुने संख्या पुर्याउन केन्द्रीत रहेका छन ।


प्रतिक्रिया