काठमाडौँ — अनाधिकृत व्याक्तिलाई अर्थ मन्त्रालय छिराएर करको दर हेरफेर गरेको आरोपमा अर्थमन्त्रीजनार्दन शर्माको यतिवेलाचौतर्फी आलोचनाभइरहेको छ । विवादको यो घानमा व्यापारिक घरानाचौधरी ग्रुपपनि मुछिएको छ । मध्यरातमा अर्थमन्त्रालय पसेर जागिर छाडेका मामुलीकर्मचारीले बजेट चलाएकोे विषयमाव्यापारी घरानाचौधरी ग्रुपको संलग्नता देखिएको छ ।
नेपाल सरकारको जागिर छाडेका पूर्व नासु रघुनाथ घिमिरे विनोद चौधरीको भित्रियाकर्मचारी भएको खुलेपछि बजेटमा कसको सेटिङ थियो भन्ने भेद खुलेको हो । सुरुका दिनमा अर्थमन्त्रीजनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालय छिराएको भनेर आलोचनाभइरहको बेलामध्यरातमा अर्थमन्त्रालय छिर्ने रघुनाथ,चौधरी ग्रुपको कर्मचारी भएको खुलेपछिअहिलेबजेको सेटिङको अन्तरकुन्तर बाहीरीदै गएको छ ।
नेपालीबजारमाआफ्नो दबदवाकायम राखेको सिजीग्रुप र उनकै कर्मचारी बजेट बनाउने रातमन्त्रालयमा छिरेर ढोकाको चुकुललगाउनुले पनि प्रस्ट हुन्छ बजेटमा कुनकुनव्यापारी घरानाको अनुहार देखियो भनेर ।
चौधरी घरानालाई पोस्न मध्यरातमा सिंहदरबारको गेटखोलेर अर्थमन्त्रालयको चुकुललगाउदाजनार्दन शर्माको मन्त्री पदपनि धरापमा परेको छ । चौधरी घरानासँग सतिजादायति बेला सडक देखि सदनसम्मजनार्दनको राजीनामामागभईरहको छ ।
अनाधिकृत रुपमाजागिर छाडेका मामुलीकर्मचारीलाई विज्ञ घोषित गर्दै सिंहदरबारको गेट खोलेर मन्त्रालयको चुकुललगाउदाउनलाई अहिले योविषयनिल्नु न ओकल्नु भएको छ। गठवन्धन सरकारका अर्थमन्त्रीशर्माले सरकारको बेइजत गरेको भन्दै सत्ता घटक दलकै
सांसदहरुले राजीनामामागगरिरहेका छन् ।
आफ्नो गल्ती ढाकछोप गर्न मुसालाई दोष दिएर उम्कनखोजेका मन्त्रीशर्माको यो पटक विवादीत खड्गो सायदै टर्नेे छाट देखिनदैन । किनभने शर्माको विवादको घटना यो पहिलो हैन । यस अघि पनिमाथा गरमहुँदागभर्नरलाई निलम्बन गरेपछि उनिविवादमातानिएकाथिए । गभर्नरलाई निलम्वन गरेर आफ्नो पावर देखएकाउनले पछि सर्वोच्चले गर्भनर महाप्रसाद अधिकारीलाई पुनर्वाहालीगरेपछि धेरैले नैतिकताको आधारमा राजीनामादिने आंकलन गरेका थिए तर लडाकु पृष्ठभूमीका शर्माले त्यो विषयलाई त्यसै पचाईदिए ।
अहिले फेरि अर्थको चुकुल र सिसीटिभी फुटेज काण्डले उनलाई विवादमातानेको छ । शर्माले आफ्नो मन्त्रीपदनै धरापमा राखेर विनोद चौधरीलाई लाभहुने गरी किनयति ठूलोजोखिममोले ? धेरैले यो प्रश्नगरिरहेका छन् ।
शसस्त्र जनयुद्धमा मोर्चा सम्हालेका लडाकु कमाण्डर शर्माले रघुविरलाई पहिचानगर्न नसकेको हुन त ?नभएनायब सुब्वाबाट जागिर छोडेर तेस्रो डिभिजनमा एसएसलसीपास भएकाव्यक्ति कसरी विज्ञ भए?अनिउनले विज्ञको दर्जा दिएर सामान्यकर्मचारीलाई त्यो पनिमध्यरातमा स्वागतगर्नु पर्ने के आईलाग्यो ?जसकालागिउनले आफ्नो मन्त्रीपदनै दाउमालगाए ।
अर्थमा रघुनाथ घुसाएको विषय सेलाउननपाउदै सोही रातको सीसीटीभी फुटेज १३ दिनमै डिलिटभएको भनेपछि यति बेलाप्रतिपक्ष नेकपामाएमालले पनि यो विषयलाई संसदमाप्रवेश गराएको छ । यस अघि पनिएमालेले सीसीटीभी फुटेज हेर्न पाउनु पर्ने माग राखेको थियो । तर कसलाई चाहीयो किनचाहियो ?गएर हेरे भै गोनी मैले रोकेको छु र, भन्दै जंगिएकाशर्माकै मन्त्रालयले अहिले फुटेज मेटिएको भन्दै सूचनानै जारी गरेको छ । अर्थमन्त्रीले आफ्नो कर्तुत लुकाउन फुटेजनै डिलीट गरेपछि यो मुद्धा थप पेचिलो बन्दै गएको छ ।
अर्थमन्त्रीशर्माको बदमासी बढ्दै गएको भन्दै प्रतिपक्षथपआक्रामकहुने देखिएको छ भने प्रचण्डको ग्रिनसिग्नलबिना अर्थमन्त्रीलाई सरकारबाट हटाउने मनस्थितीमाप्रधानन्त्री शेरवहादुर देउवा देखिदैनन् ।
अहिले अर्थमन्त्रीफाल्दामाओवादी चिडिए गठवन्धन फुट्न सक्ने र आगामीनिर्वाचनमाधक्कालाग्ने भन्दै देउवाले जोखानाहेरीरहेका छन् ।तसर्थ अर्थमन्त्रीशर्माको वहिर्गमन कांगे्रसका सांसद जतिनै उफ्रिएपनि प्रचण्डको सिंग्लन बिना कठिन देखिन्छ । प्रचण्डलाई पनिशर्मालाई सरकारबाट फिर्ता बोलाउने विषयमादबाबनपरेको हैन तर शर्मा प्रचण्डका विश्वासपात्रभएकाले पनि निर्णय गरीहाल्ने घडीमा प्रचण्ड पनिपुगेका छैनन् ।


प्रतिक्रिया