Breaking

मौद्रिक नीतिको बेग्र प्रतीक्षा, राष्ट्र बैंकसँग उद्योगीको यस्तो अपेक्षा


काठमाडौँ — नेपाल राष्ट्र बैंक आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउन तीव्र तयारी गरिरहेको छ । बेग्र प्रतिक्षामा रहेका निजि क्षेत्रले भने आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन माग गरेका छन् । साउनको पहिलो साताभित्र मौद्रित नीति ल्याउने तयारीका साथ नेपाल राष्ट्र बैक जुटिरहेको छ ।

मौद्रिक नीति कस्तो आउला भन्ने उत्सुकताका साथ बेग्र प्रतिक्षामा रहेका निजि क्षेत्रहरुले भने
आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन माग गरेका छन् । सोमवार आगामी मौद्रिक नीतिको सुझाव संकलनका क्रममा राष्ट्र बैंकलाई सुझाव दिँदै निजी क्षेत्रमा छातासंगठनका प्रमुखहरुले यस्तो सुझाव दिएका हुन् ।

निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा सहुलियत, कृषि, पर्यटन र उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा रहेको तरलता सहज बनाउने मौद्रिक नीति आउनुपर्ने बताए ।

आगामी मौद्रिक नीतिमा पछिल्लो समय भोग्नुपरेको समस्या सहजिकरण हुने आशा लिएर कतिपय उद्योगी व्यवसायी बसेका छन् । उद्योगी व्यवसायीहरुले तरलता अभाव, लगानीको वातावरण असहज जस्ता समस्या भोगिरहेको गुनासो गर्दै आएका छन् । तर यहीबिचमा पनि पछिल्लो ६ महिनाको अवधिमा ६० अर्ब बराबरको लगानी बढेको कतिपय उद्योगीको दाबी छ । यसैबिच उनीहरुले पेट्रोलियम पदार्थ र बजारमा भएको अत्याधिक मूल्यवृद्धिलाई सहजिकरण गर्ने मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी मौद्रिक नीति निर्यातलाई प्रवद्र्धन गरी व्यवस्थित गर्ने किसिमको आउनुपर्ने बताए । उनले अहिले आयात अव्यवस्थित रुपमा भइरहेकाले मुलुकमा उत्पादन हुने वस्तुको आयात नियन्त्रण गर्ने नीति आवश्यक रहेको बताए । अध्यक्ष मल्लले बैंकहरुमा ब्याज बढ्ने किसिमको मौद्रिक आउन नहुने सुझाव दिएका छन् । त्यस्तै बैंकिङ सुविधा ७५३ वटै स्थानीय तहसम्म पु¥याउनुपर्ने गत वर्ष शेयर धितो कर्जामा लगाएको ४÷१२ को सीमा खारेज गर्नुपर्ने सुझाव छ ।

त्यस्तै, नेपाल घरेलु तथा साना उद्योगीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई कर्जामा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उद्योगहरुलाई एउटै रुपमा परिभाषा गरिकाले घरेलु तथा साना उद्योगलाई उद्योगको क्षमतालाई हेरेर बैंकको ब्याजदर छुट्टै बनाउनुपर्ने उनीहरुको जोड छ । अबको केहीसाताभित्रै मौद्रित नीति ल्याउने तयारीका साथ जुटेको नेपाल राष्ट्र बैकसमक्ष उद्योगीले व्यवसायीको हित हुने गरि विभिन्न माग राखेका हुन् ।