Breaking

निजगढ विमानस्थल बाउन माधवको मरिहत्ते, के होला सर्वोच्चोको फैसला?


काठमाडौँ — विगतदशवर्षदेखि राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलनिर्माणमा राज्यको करोडौ लगानीभईसकेको छ । तर एकाएक सर्वोच्च अदालतलेविमानस्थलनिर्माणको सम्पुर्ण निर्णयहरु बदर सहितविकल्पखोज्न सुझाएपछि अहिले विमानस्थलनिर्माण योजना न यता न उताभएको छ । तर पनि सत्तागठबन्धनकादल र नेताहरुको निजगढ मोहभनेथप बढ्दो छ ।

गत जेठ १२ गते वातावरणीय क्षतिन्यूनिकरणका लागिभन्दै सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलनिर्माणको ढोका नै बन्दहुने गरि आदेश जारी ग¥यो । विमानस्थलनिर्माणका लागिअहिलेसम्मभएका सबै प्रक्रिया बदर गर्दै विकल्पखोज्न आदेश जारी भयो ।अदालतको फैसलापछिविमानस्थलको च्याप्टर क्लोज हुनुपर्नेहो । तर त्यसको ठिक विपरित निजगढलाई लिएर सक्रियता बढेको छ ।

निरन्तर छलफल बहस जारी छ । सर्वोच्चको फैसलालाई आफूखुसीव्याख्यागर्ने क्रम बढ्को छ ।अदालतको लिखितफैसलासार्वजनिकभएलगत्तै प्रधानमन्त्री शेर बहादुर देउवा,पर्यटनमन्त्री,अर्थमन्त्री सहित गठबन्धनका शीर्ष नेतृत्व निजगढ पुगे । भ्रमणपछि देउवाले निजगढ विमानस्थलआयोजना सरकारको प्राथमिकतामा रहेको बताएकाथिए । निजगढका सवालमा सरकार आवद्ध सबैले निजगढलाई उच्चप्राथमिकताभएको बताउँदै आएका छन ।

भर्खरै नियुत पर्यटनमन्त्री जीवन रामश्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्चप्राथमिकतामा राखेर अगाडि बढाउने बताएका छन् । तत्कालिनपर्यटन मन्त्री प्रेम आलेले पनियो आयोजनानिर्माणमाबाट सरकार पछि नहट्ने दावी नै गरेका थिए ।

निजगढमा अन्तराष्ट्रिय विमानस्थलनिर्माणलेमुलुकको आर्थिक,सामाजिक,वातावरणीय मात्रहोइन राजनीतिक अर्थ समेत राख्ने नै भयो । निजगढ विमानस्थलनिर्माणमा नेकपाएकिकृत समाजवादी पार्टी अध्यक्षमाधवकुमार नेपालको सक्रियताले यो विषयलाई थप प्रष्ट्याउँछ । अध्यक्ष नेपालको निर्वाचन क्षेत्र भएका कारणपनि नेपालकै सक्रियतामाप्रधानमन्त्री देउवा र गठबन्धनको प्राथमिकतामा निजगढ परेको चर्चा छ ।

सर्वोच्चको फैसलाको निन्दागर्दै अरु कुनै विकल्प नै नभएको टिपप्णी गरेका नेपाल जसरी पनि निजगढ विमानस्थलबन्नु पर्ने पक्षमा छन् । न्यायलय र कार्यपालिकाको टकरावमागिजोलिएको निजगढ अन्तराष्ट्रिय विमानस्थलअब कसरी अगाडि बढ्ला त ?

यो विमानस्थलनिर्माण अझै राम्रोसँग अध्ययननभएका विज्ञहरुको बुझाई छ । अझविस्तृत अध्ययनहुनुपर्ने र विकल्पभएसम्मविकल्प नै खोज्नुपर्ने विज्ञहरुको तर्क छ । तर नेताहरुजुनसुकै हालतमानिजगढमै विमानस्थलनिर्माण हुनुपर्नेजोडवलमा छन् । यस्तो अवस्थामा निजगढमा निर्माण हुने अन्तराष्ट्रिय विमान स्थलनिर्माण विकासकाहिसावले भन्दापनि राजनीतिक स्वार्थको दाउपेचमा पर्ने निश्चित छ ।