काठमाडौँ — ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपालीबजारमा सार्वजनिक गरेको छ। रेड्मी नोट ११ प्रो माकिफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ । स्मार्टफोनको बजारमाहुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यकासाथ शाओमीले रेड्मी नोट ११ प्रो लन्च गरेको हो ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडा ज्युले भन्नुभयो, “शाओमीले स्मार्ट फोनहरूको सन्दर्भमा आफ्नो सिमा फराकिलो पार्दै विस्तृत दायराकोसाथ औधोगिक बेन्चमार्कहरू पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापितगरि रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्रीहुने स्मार्टफोन सिरिज बनाएको छ ।
हामीले क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्चकार्य सम्पादन र पावर–प्याक ब्याट्रीको साथ रेड्मी नोट ११ प्रो बजारमा ल्याएका छौँ । उत्कृष्ट फोटोग्राफी प्रदान गर्न फ्ल्यागशिप–स्तरको 108MP क्यामेरा क्यामेराको सन्दर्भमा रेड्मी नोट ११ प्रो मा रहेको रियर क्वाड क्यामेरा सेटअपले बिनाकुनै सम्झौता उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ ।
हाई– रेजोल्युसन र आश्चर्यजनक रंगहरूमा फोटोहरू क्याप्चर गर्नको लागि 108MP मेन क्यामेरा, 8MP अल्ट्रा–वाइड–एंगलक्यामेरा, 118–डिग्री भ्युइङ्गएंगल 2MP एम्याक्रो क्यामेरा,2MP को देप्थ क्यामेरा र 16MP को फ्रन्ट क्यामेरा यस फोनमा समावेश गरिएको छ ।
जस्तोसुकै प्रकाशको अवस्था, विशेष गरी मधुरो प्रकाशमा अविश्वसनीय फोटो खिच्नको लागि 108MP–ग्रेडको मेन क्यामेरामा fdfSamsung HM2, 1.1.52 इन्चको ठूलो सेन्सर साइजको साथ fy9–in–1–ज्ञपिक्सेल बिनिङ टेक्नोलोजीको साथसाथै डुअल नेटिभ ISO समर्थन गर्दछ ।
67W टर्बोचार्जिङ र MediaTek Helio G96 द्वारा संचालित
रेड्मी नोट ११ प्रोमापावर अपको लागि MediaTek Helio G96 प्रोसेसर रहेको छ भने यसको फ्ल्यागशिप 67W टर्बो चार्जिङले यसको ] 5000mAh उच्चक्षमताको ब्याट्री १५ मिनेटमै ५१% सम्म चार्ज गरिदिन्छ ।
ट्रेंडी फ्ल्याट–एज डिजाइनमा 120Hz FHD AMOLED डटडिस्प्ले
20Hz डिस्प्ले रिफ्रेस रेटको साथ 6.67” FHD± AMOLED DotDisplay को साथ रेड्मी नोट ११ प्रो ले स्मूथ स्क्रोलिङ र ल्याग–फ्री ट्रान्जिसन सुनिश्चितगर्दछ । ट्रेंडी फ्ल्याट–एज डिजाइनको डिस्प्लेको साथै, यसमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूको साथमा, रेड्मी नोट ११ प्रोले गेमिङ वा भिडियोहरू हेर्नको लागिइमर्सिभ स्टेरियो साउन्ड प्रदानगर्दछ ।
ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लू गरि तीन रंगहरूमाउपलब्द यी फोन 6GB+128GB and 8GB+128GB बलम डन्द्यंज्ञद्दडन्द्यगरि दुइवटा स्टोरेज भेरियन्टमा उपलब्द छन् जसको मूल्यक्रमशः रु. ३४,९९९ र रु. ३६,९९९ रहेको छ ।


प्रतिक्रिया