काठमाडौँ — उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । केही मानिसहरुले आइतबार तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी-देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको उजुरी गरेका थिए ।

प्रहरी टोली पसलमा पुगेपछि तालिब हुसैनले उनीहरूमाथि छुरी प्रहार गरेका थिए । तालिब हुसैनलाई आईपीसीको धारा १५३-ए, २९५-ए र ३०७ अन्तर्गत मुद्दा लगाइएको छ । यस विषयमा अनुसन्धान भइरहेको सम्भल प्रहरीले जनाएको छ। बीबीसी


प्रतिक्रिया