Breaking

निर्वाचनको मितिबारे आयोगले आज प्रधानमन्त्रीसँग परामर्श गर्दै


काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे परामर्श गर्न प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दैछ ।

प्रमुख आयुक्त थपलियासहितको टोलीले आज दिउँसो प्रधानमन्त्री देउवासँग परामर्श गर्न लागेको आयोग स्रोतले जनाएको छ ।

आयोगले मंसिर २ वा ५ गतेका लागि निर्वाचनको मिति प्रस्ताव गर्न लागेको जनाइएको छ । आयोगको टोलीले हिजो साँझ प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेको थियो ।

निर्वाचन आयोगको टोलीको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनको मिति तोक्ने जनाइएको छ । सरकारले आयोगको प्रस्तावमा निर्वाचनको मिति तोक्ने कानुनी प्रावधान रहेको छ ।