Breaking

यी क्षेत्रका नदीमा बढ्नेछ आज बहाव


काठमाडौँ – देशका विभिन्न भागमा आज पनि पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा आज भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले उक्त क्षेत्रका केही नदी तथा खोलामा आज जलस्तर बढ्नेछ ।

अछाम, डोटी, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला भएर बहने नदी तथा खोलामा आज बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

दोलखा, सिन्धुपाल्चोक, बाग्लुङ भएर बहने नदीमा पनि जलसतह बढ्ने बताइएको छ । ठूला नदीमा भने आगामी तीन दिन सतर्कता तहभन्दा तलै बहाव रहने महाशाखाले जनाएको छ ।