काठमाडौँ — काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी माओवादी केन्द्रको बैठक अचानक स्थगन गरिएको छ ।
बैठक भोलि बुधबारसम्मको लागि स्थगन गरिएको हो । आइतबार र सोमबार २ दिन लगातार बसेको माओवादी केन्द्रको बैठक आज सकाउने तयारी थियो । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट स्रोत भन्छ, ‘आज बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको छ ।’
पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार अब बैठक भोलि बुधबार दिउँसो १ बजे सुरु गर्ने गरी तयारी भइरहेको छ ।


प्रतिक्रिया