काठमाडौँ — नेपालमा पहिलो पटक मिक्स्ड मार्सल आटर््स (एमएमए) प्रतियोगिता हुने भएको छ । मिक्स मार्सल आटर््स एसोसियसन अफ नेपालको आयोजनामा उत्कृष्ठ मार्सल आटर््स खेलाडीको पहिचान गर्न यो प्रतियोगिता हुन लागेको हो । एमएमए खेलाडीहरुमध्ये उत्कृष्ट ३ खेलाडीलाई जुलाइमा हुने इन्डियन नेशनल च्याम्पियनसिपमा सहभागी हुने अवसर दिइनेछ ।
असार २१ बट सुरु हुने प्रतियोगिताको लागि भारतबाट एक निर्णयक सदस्य र एक रेफ्रीलाई आमन्त्रण गरिएको छ । मिक्स मार्सल आटर््स एसोसियसन अफ नेपाल नेपालको एकमात्र आधिकारिक गैर लाभकारी मिक्स्ड मार्सल आर्ट संघ हो । यस संस्थाले एमएमए कार्यक्रमहरुलाई स्वीकृति, अनुगमन, निर्णायक र रेफ्रीको लागि प्रमणित इजाजतपत्र प्रदान गर्ने गर्दछ ।


प्रतिक्रिया