काठमाडौँ — भद्र सहमती भएपनि पार्टी फुटको अपजस लिन नचहाने दुवै अध्यक्षका कारण जसपामा अलमल देखिएको छ ।विगतमा पनिचुनावका कारण फुटको मुखैबाट जोगिएको जसपामा यो पटक पनि संसदीय निर्वाचनले प्राण भर्दिने सम्भावना छ । एक हुन नसक्ने निस्कर्षमा पुगेर पनि किन आ आफ्नो बाटो लाग्न सकेका छैनन् त भट्टराई र यादव ? सोमबार राती जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पक्षीय नेताहरुको अनौचारिक भेलाले मन्त्री हेरफेर र कारबाहीको अधिकार यादवलाई दिने निर्णय गरेपछि पार्टीमा हलचल भयो ।
विगतबाटै यादव पक्षबाट पेलिइरहेको संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई सचेत गर्न गरिएको यो निर्णयले जसपा विवाद उत्कर्षमा पुग्यो । लगत्तै भेट भएका यादव र भट्टराईले भद्र सहमती गरे अव गाली गलौच नगरी आ–आफ्नो बाटो हिडौ । त्यसपछि पार्टीभित्र दुई गुट अझ सक्रिय बनेको छ । पार्टी एक राख्ने कि फुटाउने आ–आफ्ना हातमा नरहेको बताउने दुवै पक्षले दुर्घटना भए त्यसको दोष आफूले नलिने समेत बताईरहेका छन । यो बीचमा दुवै अध्यक्षले आफू निकट केन्द्रीय कमिटि वैठक बोलाउने भएपछि दुईओटा कमिटि निर्माणको अवस्था समेत देखिएको छ ।
यादवले असार २७ र २८ मा पर्साको विरगञ्जमा केन्द्रीय कमिटि वैठक गर्ने निर्णय गरेका छन भने भट्टराई पनि सोहि दिन काठमाडौमा वैठक वोलाउने तयारीमा छन । तर बहुमत आफूसंग रहेको बताएपनि त्यसमा विश्वस्त नभएका दुवै पक्षले वारपारकै बाटो हिड्ने आट भने गरिहाल्न सकेका छैनन् । विगतमा हस्ताक्षर नै संकलन गरेका डा. भट्टराई पक्षले ४ जना सांसद र कार्यकारिणीमा १५ जना रहेको दाबी गर्दै आएको छ ।
केन्द्रीय समितिमा भने बहुमत आफूसँग रहेको भट्टराई पक्षको दाबीका हिजो उस्काउनेहरु नै मन्त्रीका लागि यादव पक्षमा लागेपछि फेल खाएको छ ।आफ्नोविरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरू नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम ‘फयाक्टर’लाई कमजोर बनाए भने अब भट्टराईको पक्षमा राजकिशोर यादव लगायत केही असन्तुष्ट नेता मात्रै बाँकी रहेका यादव पक्षीय नेताहरुको भनाई छ । तर भट्टराई पक्षले भने निर्वाचन आयोगमा बुझाईएको ४ सय ९९ केन्द्रीय समितिको नामावलीमध्ये २ सय २५ जनाको हस्ताक्षर भइसकेको र बाँकी २५ जनाले हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएको दावी गरकोे छ ।यो महिनाको अन्तिमसम्ममा पार्टी विवाद छिनोफानो भईसक्ने उनीहरुको भनाई छ ।
यो वीचमा पार्टी एकताका लागि दोश्रो तहका नेताहरुको दौडधुपले समेत जसपा वारपार हुनबाट बचिरहेको छ । विगतमा पनि निर्वाचनकै कारण जोगिदै आएको पार्टी आगामी संसदीय निर्वाचनसम्म टालटुल गर्ने र त्यसपछि आफै खतरा टर्ने उनीहरुको विश्वास छ । यता मन्त्री बन्न नपाएकाहरु भट्टराईतीर खुल्ने डरमा रहेको यादव पक्ष पनि पर्ख र हेरको अवस्थामा छ ।
आफूसंग वहुमत भएको आत्मविश्वास नभएपनि भट्टराईको पनि हालत सोहि भएको बुझेका यादव भट्टराईको कदम पर्खेर बसेका छन । एकताको पक्षमा रहेकाहरु भने फुटेर जानेहरुको भविष्य नरहेको भन्दैवार्तामार्फत समाधान खोज्न जोड दिइरहेका छन् । आफ्नो स्वार्थका लागि पार्टी र गुट नै परिवर्तन गर्न नेताहरु हदैसम्म गर्छन् भन्नेमा दुविधा छैन । त्यस्तै एकले अर्कालाई सकाउने र रोक्ने खेल पनि सुरु हुने कुरापनि प्रष्ट छ । तर सत्ता गठबन्धनभित्र पनि सम्भावित नयाँ समिकरणको खोजी भईरहेकाले ठोस अवस्थाको विकास नभएसम्म जसपा अलमलमै रहने सम्भावना देखिन्छ ।


प्रतिक्रिया