काठमाडौँ — संघिय संसदमा झण्डै डेढ घण्टा बोलेका प्रतिपक्षीदल एमालेका अध्यक्ष केपीशर्मा ओली सरकार विरुद्ध कडा रुपमा प्रस्तुतभएका छन् । मन्त्रीहरुको काममाप्रश्न उठाउने देखिसत्ता गठबन्धनको स्वार्थमा प्रधानमन्त्री लाचार भएको सम्मको आरोप उनले लगाउन भ्याए् । अझ करका दर परिवर्तनको विषयलाई ओलीले सरकारको असफलताको पराकाष्ट भनेका छन् । अर्थमन्त्रीजनार्दन शर्माले पूर्वनासुलाई बजेट आउने अघिल्लो रात अर्थमन्त्रलयमा प्रवेश गरेको विषय केहि समय मथ्थर भएको भएपनि फेरी तातिएको छ ।
बजेटमा राजस्व, कर र भन्सारका दर मिलाउन मध्य राति रघुनाथ घिमिरेलाई अर्थमन्त्री शर्माले प्रवेष गराएको आरोप छ । त्यसपछिप्रतिपक्षले चर्को विरोध गरेर सीसी क्यामेराको फुटेज माग गरेको थियो । तर, एका एक अर्थमन्त्रालयले सीसी टिभिको फुटेज हटेको जानकारी दिए पछि फेरी सो विषयचर्किएको छ । संघिय संसदमा झण्डै डेढ घण्टा भाषण गरेका प्रमुखप्रतिपक्षीदल नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीयहिविषयलाई लिएर सत्ता गठबन्धन विरुद्ध चर्को रुपमाखनिए । उनले अर्थमन्त्री विरुद्ध कुनै कारवाहिगर्न नसकेको भन्दै प्रधानमन्त्रीशेरबहादुर देउवालाई समेत असफल प्रधानमन्त्री भन्न भ्याए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रोसँग कामनगरेको भन्दै ओलीले संसदमा ‘इनफइज इनफ’भन्दै गठबन्घन बचाउन राज्यलाई नै संकटमा पारिएकोे आरोप लगाए । देउवा नेतृत्वको सरकार इनफ भन्दापनि बढ्ताभइसकेको ओलीको दाबी छ । उनले, ‘इनफभन्दा बढी नै भैसकेपछि बोल्न बाध्यभएको भन्दै ‘इनफ इज इनफ’अबचाहिँअति नै भयो ।’भन्न समेत भ्याए । एमाले अध्यक्ष ओलीले (एसपीपी) संझौताबारेमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमपूर्ण कुरा गरेको आरोप समेत लगाए ।
उनले आफू नेतृत्वको सरकारकै पालामा सो प्रोग्राम आएको र आफूहरुले अहिले आएर रद्द गराएको भन्ने प्रचण्डको भनाई जनतालाई गुमराहमा राख्ने गरी आएको भन्दै आक्रोश व्यक्तगरे । सरकारमा सामेल गठबन्धनको मन्त्री फेर्ने स्वार्थीपन, विदेश नीति सन्तुलीत राख्ननसकेको, बजेट ल्याउदाआफ्नालाई पोस्न खोजेको, आर्थिक रुपमा देश टाट पल्टीने स्थीतीमापुर्याएको लगायतमाविषयमा गठबन्धन सरकारको यतिवेलाचौतर्फ विरोध भइरहेको छ । अझ, करका दर परिवर्तनको विषयले त अर्थमन्त्री हटाउने देखि सरकार परिवर्तन सम्मका विषय बहसमा आइरहेको छ ।


प्रतिक्रिया