Breaking

पार्टी एकताबारे आएको प्रस्तावबारे नेपालको ब्रिफिङ


काठमाडौँ — नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका हुन् । अध्यक्षले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गर्नुभयो । सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भने, ‘पार्टी एकताको प्रस्ताव सकारात्मक हो ।

तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन, पार्टीभित्र पनि छलफल गर्नुपर्छ । आइतबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उक्त छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच चुनाव अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । समाजवादीको सचिवालय बैठकमा सो पार्टीको असार १४ गते सम्पन्न केन्द्रीय परिषद् बैठकको समीक्षा गर्नुका साथै परिषद् बैठकमा अध्यक्ष माधवकुमार नेपालको पेस गरेको राजनीतिक प्रतिवेदनमा आएका सुझाव समेटिएको छ ।