Breaking

सरकारी कागजपत्रहरूमा चलानी नम्बर हेरफेर गरी हातले लेख्ने प्रचलन हुँदैन : ओली


काठमाडौँ — अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा दिएको अभिव्यक्तिको पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्‌को रोस्ट्रमबाट प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा एसपीपीबारे आफ्नो संलग्नता नभएको दाबी गर्दै ओलीले सेनाले पत्रमा चलानी र मिति हातले लेखेको हो कि भन्ने आशंका गरे ।

एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको बताएका थिए । सरकारी कागजपत्रहरूमा त्यस्तो चलानी नम्बर हेरफेर गरी पठाउने मिति हातले लेख्ने चलानी नम्बर पछि हातले लेख्ने यस्तो प्रचलन हुँदैन । तर‚ म प्रधानमन्त्री भइसकेपछि पत्र पठाइएको भनेर अहिले जुन आएको छ । त्यसको सत्यतथ्य आउनुपर्छ ।

यो सत्यतथ्य बाहिर ल्याउनुपर्छ, प्रधानसेनापतिको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले सोधे नेपाली सेनाले प्रचलन हो भनेको छ । यस्तो प्रचलन पनि हुन्छ र प्रचलनै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई पनि नबताउने प्रचलन पनि हुन्छ र प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको असार ३ को बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा पत्रमा मिति हातले लेख्ने प्रचलन रहेको बताएका थिए ।