Breaking

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अमेरिकामा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिकामा छन् । नर्थ क्यारोलिना गैरआवासीय नेपाली संघको साधारण सभा र ज्ञान सम्मेलनका लागि उनी केही दिनदेखि अमेरिकामा छन् । साधारण सभा उद्घाटन समारोहमा बोल्दै महामन्त्री शर्माले नेपालको हितका लागि दुरगामी ढंगले सोच्नुपर्ने बताएका छन् ।

संसारभर छरिएका नेपालीहरू एक छौं भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने महामन्त्री शर्माको भनाइ थियो । नेपालको रूपान्तरणमा एकखालको सन्देश दिनुपर्दछ, एनआरएनएले पनि यसमा भूमिका खेल्नुपर्छ,’ शर्माले भने ।

एनआरएनले नेपालमा गर्ने लगानी स्वागतको विषय भएको उनले बताएका थिए । नेपालको समुन्नतिका लागि तन, मन र धनले पूर्वाग्रहभन्दा माथि उठेर आउने एक दशक काम गरौं,’ एनआरएनएलाई नेपालमा लगानी गर्न आग्रह गर्दै महामन्त्री शर्माले भने ।