Breaking

प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै


काठमाडौँ — अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैछन् ।

सैनिक मुख्यालयका अनुसार अमेरिका भ्रमणका रहँदा प्रधानसेनासित शर्माले त्यहाँका शैनिक उच्च अधिकारीसँग भेटवार्ता गरे । उनले हिजो न्युर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका थिए ।

उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

यसअघि उनी लेबनान र सिरियाको भ्रमण गरेका थिए । रक्षासचिव किरणराज शर्मासहितको सात सदस्यीय टोली गत असार ४ गते लेबनान प्रस्थान गरेको थियो । त्यहाँबाट सिरिया भ्रमणमा पुगेका शर्मा असार १३ गते सिरियाबाट अमेरिका पुगेका थिए ।