देश

गुडिरहेको बसबाट खसेर २२ वर्षीय युवकको मृत्यु


काठमाडौँ — गुडिरहेको बसको ढोकाबाट खसेर शनिबार बिहान बागलुङको गलकोटमा एक यात्रुको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–११ रिघाफेदीमा बसबाट खसेका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान पौने ६ बजेतिर बा ३ ख ९१८० नम्बरको बसबाट बस्नेत अचानक सडकमा खसेका थिए । बस काठमाडौंदेखि रुकुम जाँदै गरेको थियो । बसबाट खसेपछि गम्भीर घाइते भएका बस्नेतलाई उपचारका लागि गलकोटको हटियास्थित स्थानीय क्लिनिक लगिएको थियो । उपचारका क्रममा बिहान साढे ६ बजे उनको मृत्यु भएको प्रहरीले बताएको छ । घटनापछि प्रहरीले बसचालक लालबहादुर बानियालाई नियन्त्रणमा लिएको छ ।