Breaking

सेनापति शर्माद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण अवलोकन


काठमाडौँ – प्रधानसेनापति प्रशुराम शर्माले संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन् । असार १३ गतेदेखि औपचारिक भ्रमणमा रहेका शर्माले न्युयोर्क स्थित उक्त मुख्यालयको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ ।

भ्रमणको क्रममा शर्माले उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेका छन् । भेटमा दुई पक्षिय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसन का विविध पक्षमा छलफल गरेका छन् । शर्मा असार ४ गते लेवनान पुगेका थिए । त्यसपश्चात् अमेरिका भ्रमणमा निस्किएका थिए ।

विभिन्न समयमा हुने गरेका यस किसिमको उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै युएन मिसनको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । उनीसहितको भ्रमण टोली आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।