काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न निजगढ पुगेका छन् ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् ।
गत जेठ १२ मा सर्वोच्च अदालतले प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले गरेका सबै निर्णय बदर गरिदिएको थियो । सर्वोच्च अदालतको फैसलापछि पहिलो पटक प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँ जान लागेका हुन् ।


प्रतिक्रिया