काठमाडौँ — निर्वाचनआयोगको तथ्याङ्क अनुसार नेपालमासाना–ठूला गरि झन्डै दुई सयराजनीतिकदल छन । एउटै विचार, एजेन्डा र सिद्धान्त भएकाअनेकन दलअस्थित्वमाछन । केहि ठुला दलबाहेक वैकल्पिकशतिको रुपमाउब्जिएको सानादलहरुले आफ्नोऔचित्य र सान्दर्भिकता नै पुष्टि गर्न सकेको छैनन । नेतृत्वको सत्ता र शतिmप्रतिको मोहका कारण साना ठूला सवै राजनीतिकदलआन्तरिक विवादबाट प्रताडित छन । यो रोगबाट ठुला राजनीतिकदलदेखि वैकिल्पकभनिएकादलहरु समेत अछुतो छैन ।
सानादलहरुलाई दलको अस्तित्वजोगाउनै हम्मे हम्मे परिरहेको छ ।पार्टीको अस्तित्वजोगाउनकै लागि नेताहरुलाई मन्त्रीउपहार दिएर थुमथुमाउने दृश्य भर्खरै एमालेबाट छुट्टिएरको नेकपाएकीकृत समाजवादी पार्टीले प्रमाणित गरिसकेको छ । तर च्याउ सरी नै नयाँ पार्टी खोल्ने क्रमभने झन बढेको छ । यो सूचिमाकम्युनिष्टलाई एक बनाउने भनेर लागि परेका बामदेव गौतम देखि सञ्चारकर्म छोडेर राजनीतिमाहोमिएका रवि लामिछानेसम्म छन ।
हालसम्मनिर्वाचनआयोगमादुई सयको हाराहारीमा राजनीतिकदलहरु दर्ता छन ।तर यीमध्ये संवैधानिक थ्रेसहोल्ड सहित६ वटा पार्टी मात्रराष्ट्रिय दलका रुपमाछन । वैकल्पिकभनिएकादलहरुले आफ्नो औचित्यनै पुष्टि गर्न सकेका छैनन् । नारायणमान विजुक्छेको नेमकिपा, मोहन वैद्य नेतृत्वको नेकपाक्रान्तिकारी माओवादी, चित्रबहादर के.सीको राष्ट्रिय जनमोर्चा, नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेकपा, सिके राउतको राष्ट्रिय जनमत पार्टी,विवेकशील साझा केहि उदाहरण मान्न सकिन्छ ।
दलियव्यवस्थामा गुणस्तरीय राजनीतिकप्रतिस्पर्धाका अभावमा ठुला दलहरुको मनपरी थप बढ्दो छ । अझ ठुला दलहरु यीदलहरुलाई दलको हैसियतदिनसमेत तयार छैनन् । नेपालमाखुलेका राजनीतिकदलहरु दलगतसिद्धान्त र निष्ठाको राजनीतिनभई व्यक्तिवादीचरित्र र सत्ताप्राप्तीको भ¥याङको रुपमामात्रदलहरुप्रयोगभइरहेका छन ।
अझसानादल त पेसेवर राजनीतिगर्नेहरूको रहर,उनीहरुको महत्वकाक्ष परिपूर्ति गर्ने थलो बनेको प्रष्ट छ । उनीहरुले न त पार्टी निर्माण गर्न सकेको छ न त जनमतबटुल्न नै । अनेकनदलहरुको झुण्ड र उनीहरुको अतिरञ्जितएजेण्डामा जनताभुल्दामुलुक राजनीतिक रुपमाथपअस्थिरताउन्मुख छ । यसतर्फ विकल्प र विकासको नारा लगाउने नेतृत्वभनिएका सबैको ध्यानकर्षण हुन जरुरी छ ।


प्रतिक्रिया