भारतबाट ल्याइएका अवैध कुखुराका चल्ला ईलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ । अवैध रुपमा कृष्णनगर नगरपालिका १ मडहा हुदै ल्याइएका १८ सय कुखुराका चल्ला नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । भारतीय कुखुराको चल्ला नेपालमा प्रतिबन्ध रहेपनि दैनिक हजारौंको संख्यामा नेपाल प्रवेश हुने गरेको छ ।

पक्राउ परेका चल्ला १ लाख ८० हजार बराबर रहेको प्रहरीले जनाएको छ । चल्ला ल्याउने मानिस भने फरार रहेको र तीनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको चल्लालाई पशु स्वास्थ्य सेवा एन २०५५ तथा नियमावली २०५६ बामोजिम कृष्णनगरस्थित सुरही खोलामा खाल्डो खनेर सोही खाल्डोमा चल्लालाई राखेर नष्ट गरिएको छ ।


प्रतिक्रिया