काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनलाई आफ्नो वशभन्दा बाहिरको परिस्थिति भनेका छन् । संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग सहमतिमा पार्टी विभाजन गर्ने भनिए पनि त्यसको विषयमा थप कुराकानी नभएको उनले बताए । उनले जानेलाई शुभकामना दिनु र आउनेलाई स्वागत गर्नुनै राजनीति रहेको बताए ।
ुसबै घटनाक्रम र परिस्थिति मान्छेको वशमा हुँदो रहेनछ। यसलाई त्यहीअनुसार बुझौं । कसरी विभाजन हुने भन्ने त्यस्तो केही छैन, यादवले सेतोपाटीसँग भने,जानेलाई शुभकामना दिँदै बाईबाई भन्ने हो, आउनेलाई स्वागत गर्ने हो । राजनीति यस्तै त हो नि फरक प्रसंगमा उनले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरू हेरफेर गर्ने निर्णय भइसकेको बताए ।
मन्त्रीहरू फेर्ने निर्णय भए पनि कहिले फिर्ता बोलाउने र उनीहरूको ठाउँमा कसलाई पठाउने भनेर निर्णय नभएको उनको भनाइ छ । मन्त्रीहरू फिर्ता हुने भनेर पार्टीले निर्णय गरिसकेको छ । अब कहिले र कसलाई पठाउने भनेर छलफल गर्छौं, उनले भने । जसपाको तर्फबाट सरकारमा संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र यादव र वन मन्त्री रामसहाय प्रसाद यादव सहभागी छन् । गत असोजमा सरकारमा सहभागी हुने क्रममा जसपाका मन्त्रीहरूलाई ६ महिनामा फिर्ता बोलाउने सहमति पार्टीमा भएको थियो । त्यसकै आधारमा नयाँ मन्त्रीहरू चयन गर्नुपर्ने दबाब यादवलाई छ ।


प्रतिक्रिया