Breaking

रेस्लर अस्मिता जुरेलीले दिइन् युवा संघका केन्द्रीय सदस्य बोहराविरूद्ध प्रहरीमा जाहेरी


काठमाडौँ — ललितपुर महानगरपालिकास्थित फर्सिडोलमा असार १५ गते बुधबार धान दिवसको दिन नेकपा एमालेको भ्रातृ संगठन युवा संघले धान रोप्ने कार्यक्रममा दुर्व्यवहार गरेको भन्दै रेस्लर अस्मिता जुरेलीले युवा संघ नेपालका केन्द्रीय सदस्य हिक्मत बोहराविरूद्ध प्रहरीमा जाहेरी दिएकी छन् ।

आयोजना गरेको थियो । त्यसक्रममा बोहराले आफूमाथि दुर्व्यवहार गरेको भन्दै जुरेलीले ललितपुर जिल्ला परिसरमा जाहेरी दिएकी हुन् । बोहरा युवा संघका केन्द्रीय सदस्य हुन् भने जुरेली सदस्य हुन् । उनले बिहीबार परिसरमा पुगेर जाहेरी दिएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । हिजो साँझ आएर जाहेरी दिनुभएको हो ।

आजबाट प्रक्रिया अघि बढ्छ,’ उनले भने । जुरेलीले दुई वटा विषय समावेश गरेर जाहेरी दिएकी हुन् । उनले दुर्व्यवहार र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी हुन् । उनीमाथि दुर्व्यवहार भएका भिडियोहरू सामाजिक सञ्जालमा समेत आएका थिए । जाहेरी आएसँगै बोहरालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाउने प्रहरी उपरीक्षक शाहले बताए ।