काठमाडौँ — जनता समाजवादी पार्टी नेपाल जसपाका संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै बेला दुई नेता आ–आफ्नो बाटो लाग्न राजी भएका छन् । बुधबार सिंहदरबारमा भएको दुई नेताबीचको वार्ताका क्रममा आ–आफ्नो बाटो लाग्ने सहमति बनेको हो ।
छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने धारणा राखेका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । त्यसमा यादवले सहमति जनाएको जसपा स्रोतले बतायो ।


प्रतिक्रिया