देश

कर्मापाको ३८ औँ शुभ जन्मोत्सव


काठमाडौँ — काग्यूपा सम्प्रदायका प्रमुख वोधिसत्वको एकरुप श्रद्धये गुरु १७ औँ कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३८ ओँ जन्मउत्सव विविध कार्यक्रम गरी मनाएका छन् ।

काग्यूपा सम्प्रदायका महान गुरु श्रद्वये – १७ औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३८ बर्ष भएको जन्मदिनको पावन अवसरमा उहाँको दीर्घायु र स्वस्थ जीवनको कामना साथै विश्व, मानवता, वातावरण र धर्मका लागि उहाँका सबै विशाल र लाभकारी गतिविधिहरू र आकांक्षाहरू सहज र द्रुत रूपमा पूरा होस् भनी बौद्ध स्थित कर्मापा सेवा समाजले पुजा प्रथना गरी विविध कार्यक्रम गरेका छन् ।