Breaking

काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगियो


काठमाडौँ — नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडीले सडक छोडेको हो । गुरुङका अनुसार ओखलढुंगाका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।

ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले रातोपाटीलाई जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए । गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए । गाडीमा सवार सबै जना सकुशल रहेको भन्दै डोजर र ट्याक्टरको सहायताले गाडी निकाल्न लागिएको बताए ।