काठमाडौँ — आज संसद् दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असार १६ गतेका दिन संसद् दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा संघीय संसद भवन नयाँ वानेश्वरमा पूर्व सांसद मञ्चले संसद दिवस विशेष कार्यक्रम आयोजना गरेको छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले दुईपटकको संसद् विघटन, कोभिड संकटलगायतका विभिन्न समस्याहरुका बीचबाट संसदले आफ्ना कार्य निरन्तर अघि बढाइरहेको बताएका छन् ।
संसद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सापकोटाले आफ्ना सामु संघीय संसदमा विचाराधीन नागरिकता लगायतका महत्त्वपूर्ण विधेयक पारित गर्नुपर्ने र लोकतन्त्रको लाभ जनतासम्म पुर्याउनुपर्ने अभिभारा रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया