काठमाडौँ —उपत्यकामा हैजा महामारीकैरुपमा फैलिने त्रास बढेको छ । हैजा संक्रमणको प्रारम्भिक स्रोत दुषित पानी भएको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।सरोकारवालाले खानेपानी शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएको हो । गत असार २ गते पहिलो पटक काठमाडौंको बागवजारमा देखा परेको हैजामहामारीअहिले उपत्यका भरी नै देखा पर्न थालेको छ । उपत्यकामा हैजा आउटव्रेक भएको १४ दिनमा उपत्यकाको १० स्थानमा गरी १४ जना हैजा संक्रमण पुष्टि भएको छ ।
बागबजार,डिल्लबजार,सानेपा,बल्खु,कालीमाटी, कपन,नैकाप,थानकोट,कोटेश्वर,बालाजु सहित १० स्थानका १२ जनामा हैजा पुष्टि भईसकेको छ भने दुई जनाको कल्चर रिपोर्ट प्रमाणित हुन बाँकी रहेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बागबजार,डिल्लीबजार र सानेपाको पानी परीक्षण गर्दा हैजा संक्रमणको स्रोत दुषित पानी भएको महाशाखाले जनाएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको खानेपानीमा ७२ प्रतिशत कोलिफर्म र इकोली जीवाणु भेटिएको नगरपालिकाले जनाएको छ । प्रभावित क्षेत्र हेर्दा हैजा संक्रमणले काठमाडौ घेरिएको अनुमान लगाउन सकिन्छ । निरन्तरको वर्षा,काठमाडौको सडक किनारमा थुप्रिएको फोहोर र फितलो अनुगमनका कारण वितरित पानी तत्काल सफा हुने अवस्था छैन । आफुले पिउने पानी कति सुरक्षित छ सायदै कमले सोचेका छन । हैजा महामारी, यसको प्रभाव र कसरी सुरक्षित हुने उपायबारे धेरै सर्वसाधरण अझै अनविज्ञ छन ।
काठमाडौमा हैजा संक्रमण पुष्टि भएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानीको १० वटा नमुना परीक्षण गर्दा त्यसमा १५ प्रतिशत जारको पानी प्रदुषित पाइएको छ । उपत्यकामा हैजाका बिरामी बढ्दै गएपछि जार, बोतल तथा टयांकर व्यवसायीहरुले बिक्री गर्ने पानीको गुणस्तर अनुगमन गर्न थालेको छ । यता हैजा नियन्त्रणमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप छ । हैजा संक्रमण नियन्त्रणमा लाग्न उनीहरुलेसरकारको ध्यानाकर्षण गराएका छन । उपत्यकामा थुप्रिएको फोहोरका कारण हैजा फैलिएको भन्दै उनीहरुले बेलैमा न्यूनीकरण गर्न र आवश्यक तयारी अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले केही दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ ।बर्षातको समय,निरन्तरको वर्षा, काठमाडौको सडक छेउमा थुप्रिएका फोहोरका कारण उपत्यकाको पानीका स्रोत थप प्रदुषित हुने निश्चित छ ।यसप्रति समयमै सरोकारवाला निकायको ध्यान जान जरुरी देखिन्छ ।


प्रतिक्रिया