विदेश

अभिनेत्री मिनाका श्रीमानको निधन


काठमाडौँ — दक्षिण भारतीय अभिनेत्री मीनाका श्रीमान तथा व्यापारी विद्यासागरको निधन भएको छ। उनको चेन्नईको एक निजी अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि फोक्सोको बिरामी थिए । कोरोना लागेपछि उनको फोक्सोमा थप समस्या आएको थियो। केही महिनादेखि फोक्सोको उपचार गराइरहेका विद्यासागरको बुधबार बिहान निधन भएको हो ।

मीनाको श्रीमानको निधन भएको दक्षिण भारतीय अभिनेता सरथकुमारले ट्वीटमार्फत जानकारी दिएका हुन् । मीनासँगै फिल्ममा अभिनय गरिसकेका सरथकुमारले निधनप्रति दुःख व्यक्त गर्दै लेखेका छन्, ‘अभिनेत्री मीनाका श्रीमान विद्यासागरको असामयिक निधनको खबर सुनेर स्तब्ध भएको छु । मीना र उहाँका परिवारप्रति हार्दिक समवेदना छ ।

उहाँको आत्माले शान्ति पाओस् । अभिनेत्री मीना र विद्यासागरको छोरी नैनिका छिन् । नैनिका बालकलाकार हुन् । उनले विजयकुमारको फिल्म ‘थेरी’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । दक्षिण भारतीय फिल्ममा काम गरिरहेकी मीना दृष्यम १ र २ मा देखिएकी थिइन् ।